जन्मियो फेरी नयाँ माओवादी पार्टी : ५४ जना केन्द्रीय सदस्य,कसको नेतृत्व ? हेर्नुहोस

  • साझा डबली
  • शनिबार, फाल्गुन ४, २०७५
  • काठमाडौं,फागुन ४ । तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरण गरेपछि असन्तुष्ट गोपाल किराती लगायत नेताको समूहले पार्टीलाई पुनर्गठन गर्दै जनविद्रोहको कार्यदिशा पारित गरेका छन् ।‘महान् जनविद्रोहको कार्यदिशा पारित गर्दै’ माओवादी जन्मिएको हाे ।
    किराती नेतृत्वको माओवादी केन्द्रले ८ औं महाधिवेशन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति स्वीकृत गर्दै गोपाल किरातीको अध्यक्षतामा ५४ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

    स्थानीय वर्ग–संघर्ष र संविधानको समाजवादी पुनर्लेखन पार्टीको तत्कालीन कार्यनीति हुने अध्यक्ष किरातीले फेसबुक स्टेटसमार्फत् जनाएका छन् ।
    केही दिनअघि पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको प्रतिज्ञा र संविधानको मर्म अनुसार चल्न नसके माओवादी आन्दोलन फेरी जन्मिने चेतावनी दिएका थिए । साे अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चित बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology