चमेना गृहको नाममा यौनधन्दा गर्ने ६ जना पक्राउ

  • साझा डबली
  • बिहिबार, माघ २४, २०७५
  • भक्तपुर, माघ २४  ।  चमेनागृह तथा गेस्ट हाउसको नाममा यौन व्यवसाय गरेको आरोपका संचालिका सहित ६ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

    प्रहरीले यही माघ १९ गते सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श स्थित पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह तथा गेष्ट हाउसको कोठामा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।

    खानतलासी गर्दा उक्त गेष्ट हाउसको कोठामा अनैतिक क्रियाकलाप गरिएको अवस्थामा पाँच जनालाई फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

    उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    कोठाभित्र अन्य प्रमाणहरु समेत बरामद गरी गेष्ट हाउस संचालिका नुवाकोट तादी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष ४५ की गोतामेलाई पनि पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बिहिबार अयोजित पत्रकार सम्मेलनमा बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology