पापीनी आमा : सन्तानको लागी आफै काल बनिन् !

  • साझा डबली
  • सोमवार, फाल्गुन १३, २०७५
  • ताप्लेजुङ,  फागुन १२ ।   भनिन्छ- आमा मायाको प्रतिमूर्ति । तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन् ।

    मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ ।

    गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन् । बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो ।

    प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन् । लगत्तै उनको मुखबाट रगत निस्किएको थियो ।

    प्रहरीले पूजालाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology