आहा रारा गोल्डकपमा त्रिभुवन आर्मिले हिमालयन शेर्पालाई ३-१ ले स्तब्ध बनायो,आर्मिका नवयुग चम्किए

  • साझा डबली
  • आइतवार, फाल्गुन १२, २०७५
  • पोखरा, फागुुन १२ । खेलको दोश्रो हाफमा त्रिभुवन आर्मिका नवयुग श्रेष्ठ चम्किएपछि पोखरा रंगशालामा जारि १७ औं संस्करणको आहा रारा गोल्डकपको आजको खेलको नतिजा आर्मिको पोल्टामा परेको छ । त्रिभुवन आर्मिले हिमालयन शेर्पालाई ३—१ ले स्तब्ध बनाएको छ । खेलको पहिलो हाफको २७ औं मिनेटमा १ गोल गरेर मनोवल बढाएको हिमालयनका लागि दोश्रो हाफ भने अप्रिय बन्यो ।

    हिमालयनका पट्रिक परिवत गोहले उक्त गोल गरेका थिए । खेलको पहिलो हाफमा आर्मीले गरेका कतिपय प्रयासहरु चुक्न पुगे । खेलको ब्यालेन्च नमिल्दा आर्मीले हिमालयनको काउन्टर गोल खान पर्यो । खेलको दोस्रो हाफमा आर्मिका नवयुग श्रेष्ठले ७१ मिनेटमा गोल गरिसकेपश्चात आर्मीको मनोबलमा वृद्धि भयो । कडा प्रतिस्पर्धाका साथ आर्मीको खरो प्रहार देखिन्थ्यो । नवयुगले जर्सी नम्बर ३३ का विकास खवासको फ्रि किकबाट पाएको बललाई हेडगोल गरेका थिए ।

    खेलको ८० औं मिनेटमा पुन अर्को गोल गर्दै आर्मीका नवयुग म्यान अफ दि म्याच भए । यस्तै खेलको ९० मिनेट सकेपश्चात थपिएको १ मिनेटमै आर्मीका जर्सी नम्बर १० का गेरोज प्रिन्स कार्कीले १ गोल थप्न सफल भए । आज भएको खेलको विषयमा बोल्दै आर्मीका म्यानेजर चुन बहादुर थापाले खेलको पहिलो हाफमा आर्मीको बेसमा खेल्न नसेकेको स्विकार गरे । ‘पहिलो हाफमा हामीले अवसर पाएका हौ तर रिदम मिल्न नसक्दा काउन्टर गोल खानुपर्यो’, उनले भने,‘दोस्रो हाफमा हाम्रो खेलको रिदम मिल्न पुग्यो जस्ले गर्दा नतिजा हाम्रो पोल्टामा छ । ’ यस्तै, हिमालयन शेर्पाका म्यानेजर विजेन्द्र पुडासैनीले पहिलो हाफको अग्रता जोगाउने क्रमलाई निरन्तरता दिँदा चुक्न पुगेको बताए ।

    विरगञ्जको खेलमा पनि आर्मी सँग भिडेर हारेको हिमालयनलाई जित्नै पर्ने दबाब हँुदाहुँदै आज पनि हार बेहोर्नुपरेको छ । खेलाडीहरुको प्रस्तुती यो भन्दा पहिलाको खेल भन्दा राम्रो भएको उनले बताए । आफु भन्दा बलियो टिम आर्मी सँग प्रतिस्पर्धामा उत्रिएर आफ्ना खेलाडीले राखेको प्रदर्शन प्रति पुडासैनी सन्तुष्ट छन् । आहा रारा गोल्ड कपको भोलीको खेल भने युनाईटेड सिक्किम भारत र रुस्लान थ्रिस्टार बिच हुने आयोजकले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology