कम्युनिस्टका आन्दोलनका अगुवा श्रेष्ठको निधन

  • साझा डबली
  • शनिबार, फाल्गुन ११, २०७५
  • काठमाडौं, फागुन ११ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको शनिबार दिउँसो दिउँसो १ बजेर ४० मिनेटमा काठमाडौं शंखमूलस्थित आफ्नै घरमा आफ्नै निवासमा निधन भएको हो ।

    श्रेष्ठको निधनपछि अहिले उनको घरमा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्न थालेका छन्। अहिले उनको अन्त्यष्टिका बारेमा परिवार र पार्टीसँग छलफल भइरहेको छ ।

    श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेताका साथै दर्शनको ब्याख्याता समेत हुन्। उनले कम्युनिस्ट आन्दोलन र दर्शन सम्बन्धी थुप्रै पुस्तक लेख्नुका साथै अनुवाद समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology