राजधानीमा बम आतंक : विस्फोटमा घाइते एक जनाको मृत्यु

  • साझा डबली
  • शनिबार, फाल्गुन ११, २०७५
  • काठमाडौं,फागुन ११ । ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका जेनेरल मेनेजर विजय रिमालले जानकारी दिएका छन् ।

    रिमालकाअनुसार गुरुङको राति साढे १ बजेतिर मृत्यु भएको हो । घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको मेनेजर विजय रिमालले बताए ।

    अत्याधिक रक्तश्राबका कारण उनलाई बचाउन नसकिएको उनले स्पष्ट पारे ।

    घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको, त्यसपछि बि एण्ड बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल लगिएको थियो । लमजुङ स्थायी घर भएका ४९ वर्षीय गुरुङ हाल ललितपुरको भैंसेपाटी बस्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology