राजधानीमा बम आतंक : कमलपोखरीको आगन स्वीट्समा बम फेला,नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट

  • साझा डबली
  • शुक्रबार, फाल्गुन १०, २०७५
  • काठमाडौँ,फाल्गुन १० । ललितपुरको नख्खु स्थित एनसेल मुख्य कार्यालय अगाडि बम बिस्फोट भएको छ । बम बिस्फोटमा परी ३ जना घाइते भएका छन्। घटनामा परी घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले  जानकारी दिए। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।

    ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालयमा आक्रमण पछि काठमााडौंको कमलपोखरीमा रहेको आँगन रेस्टुरेन्ट अगाडि शंकास्पद वस्तु भेटिएको छ । प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले शंकास्पद वस्तुको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अहिले सो स्थानमा प्रहरी र सेनाले अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानमा उक्त वस्तु विस्फोटक सामग्री भएको पाइएको छ । सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको सुरक्षाकर्मीले जानकारी दिए । यसअघि ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ । शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ ।

    सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका हुन् । उनीहरूको अल्का, बिएण्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । नख्खुस्थित एनसेल भवन अगाडि भएको विस्फोटनपछि स्थानीय आतंकित भएका छन् । विस्फोटको आवाज उपत्यकाका धेरै ठाउँमा सुनिएको थियो भने आसपासका घरहरु कम्पनसहित हल्लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology