खानेपानी मन्त्री मगरले हटाइन् सचिव ठाकुर

  • साझा डबली
  • मङ्लबार, फाल्गुन ७, २०७५
  • काठमाडौँ, फागुन ७ ।  खानेपानी मन्त्री विना मगरले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन् । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विवाद थियो ।

    सचिव ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन् । उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन् ।

    मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतीक्षित आयोजना अलपत्र छ। सचिव ठाकुरले सिएमसी हटाउन प्रमुख भूमिका खेलेको आरोप छ ।

    सिएमसीले काम छाडेर गएपछि मन्त्री मगरकै अग्रसरतामा आफ्नो स्वकीय सचिवसहितको टोली वार्ताका लागि सिंगापुर पठाएकी थिइन् । तर सचिव ठाकुर भने सिएमसीलाई नफर्काउने र नयाँ टेण्डर गरेर मेलम्ची अघि बढाउने पक्षमा थिए ।

    ठाकुर कार्यशैलीका कारण मेलम्ची आयोजना समस्यामा परेको आयोजनाका कर्मचारीहरुले बताउदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology