डा. केसी आईसीयूमा भर्ना

  • साझा डबली
  • शुक्रबार, माघ ४, २०७५
  • काठमाडौँ, माघ ४ ।  इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ। डा. केसीको मुटुमा समस्या देखिएर स्वास्थ्य अवस्था बिग्रिएपछि आज बिहान ३ बजे हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो।

    उनकाे अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकाे छ । इलाममा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएपछि केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो ।

    इलाम अस्पतालबाट उनलाई बिहिबार बेलुका १० बजेर ३ मिनेटमा निकालिएको थियो । राति भद्रपुर पुगेको हेलिकोप्टर केसी लिएर शुक्रबार बिहानपख काठमाडौँ आइपुगेको थियो ।

    उनलाई काठमाडौं ल्याउने पहल गर्न बिहीबार साँझ पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि इलाम अस्पताल पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology