ओली सरकारले लिएका यी हुन १३ चर्चीत निर्णयहरु, हेर्नुहोस !

  • साझा डबली
  • बिहिबार, माघ ३, २०७५
  • काठमाडौँ, माघ ३ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा पानीजहाज कार्यालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने लगायतका १३ निर्णय सार्वजनिक गरेका छन् ।

    हेर्नुस सरकारका १३ निर्णय :

    १. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा वापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

    २. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

    ३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

    ४. कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ ।

    ५ Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ ।

    ६. प्रहरी (छैठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

    ७. विरेन्द्रनगर नगरपालिकामा शीतभण्डार निर्माणका लागि विनियोजित रु. ५० लाख Line Ministry Budget Information System (LMBIS) मा प्रविष्टि गर्ने निर्णय गरिएको छ ।

    ८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अबलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ ।

    ९. जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

    १०. प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ ।

    ११. नेपाल पानीजाहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ ।

    १२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

    १३. ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology