पर्वत बस दुर्घटना पछिल्लो अपडेट : घाइते र मृत्युहुनेको नामावली सहित

  • साझा डबली
  • बिहिबार, माघ ३, २०७५
  • पर्वत संवाददाता/ माघ ३ ।  पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ ।  सनाखत हुनेमा म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन, पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार, उनकी श्रीमती सेती परियार र बाग्लुङ्ग नगरपालिका–४ कुडुलेकी शान्ति केसी रहेकी छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

    दुर्घटनामा घाईत भएका ३४ मध्ये १७ जना गम्भीर छन् । बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै झरेका कारण घाइते हुनेको संख्या बढी रहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाईते मध्ये २० जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने गम्भीर चार जनालाई हेलिकप्टर मार्फत पोखरा नै लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । साघुँरो बाटोमा तीब्र गतिका कारण बस सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    घटना स्थलमा मृत्यु भई १०;१५ बजे जिल्ला अस्पताल पर्बतमा ल्याईएका मृतकहरू:-

    १)जिल्ला म्यादि पाखापानी २ म्याग्दी बस्ने बर्ष २१ को राजेश पुन ।
    २)जि.पर्बत जलजला गा.पा.७ बस्ने बर्ष अ.५०।५५ कि अमिसरा पुन ।
    ३) अन्य १ जना पु को नामथर नखुलेको ।
    जिल्ला अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू:-
    १)जि.पर्बत जलजला गाउँपालीका वडा नम्बर ८ बस्ने बर्ष अ. ४० की सेती परीयार
    २) ऐ ऐ बस्ने निजको श्रिमान बर्ष ५० को टिके परीयार । ३)जिल्ला बागलुङ बागलुङ न.पा ४ कुडुले बस्ने बर्ष ४८ की शान्तीके सी ।१०;५० मा मृत्यु । ४) जि पर्वत जलजला ७ बस्ने वर्ष २२ को जिवन विक घाईतेहरु:-
    १) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।;- छाउनी अस्पताल रीफर ।
    २) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी । मणिपाल पोखरा रीपर ।
    ३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी । मणिपाल अस्पताल पोखरा रीफर ।
    ४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।मणीपाल अस्पताल पोखरा रीफर ।
    ५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।मणिपाल अस्पताल पोखरा रिफर ।
    ६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा । मणिपाल अस्पताल पोखरा रीफर ।
    ७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।;- छाउनी अस्पताल रीफर ।
    ८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । मणिपाल अस्पताल पोखरा रीफर ।(आमा)
    ९) ऐ.ऐ. बस्ने बर्ष ३ को संकल्प पौडेल;- मणिपाल रिफर । ( छोरा )
    १०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।मणिपाल रीफर ।
    ११) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल । (डाईनेष्टिक एयरको हे.क. बाट ग्रान्डी अस्पताल काठमान्डौ रिफर ।
    १२) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को तिलक पराजुली ।मणिपाल अस्पताल पोखरा रीफर । (चालक)
    १३) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।मणिपाल अस्पताल पोखरा रीफर ।
    १४) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।;- छाउनी अस्पताल रीफर ।
    १५) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।मणिपाल अस्पताल पोखरा रीफर।
    १६) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेष्टिक एयरको हे.क. बाट ग्रान्डी अस्पताल काठमान्डौ रीफर ।
    १७) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी । मणिपाल रीफर ।
    १८) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल । मणिपाल रीफर ।
    १९) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।:- मणिपाल रीफर ।
    २०) ऐ.ऐ. बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।;-मणिपाल रिफर ।
    २१) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।;- मणिपाल रिफर ।
    २२) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा । मणिपाल रीफर ।
    २३) जिल्ला धादिङ बर्ष ५५ को मान बहादुर गुरूङ ।:-मणीपाल रीफर ।
    २४) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।मणिपाल रीफर ।
    २५) ऐ.ऐ. बस्ने बर्ष २७ को दिपक परियार । मणीपाल रीफर ।
    २६) ऐ.ऐ. बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।छाउनी अस्पताल काठमान्डौ रिफर (बावु )
    २७) ऐ.ऐ. बर्ष ३०कि लक्ष्मी पौडेल ‍:- ऐ;११.३५ मा हे.क.द्धारा पोखरा मणिपाल रिफर ।अबस्था सिरियस( आमा)
    २८) ऐ.ऐ. बस्ने बर्ष ७ को प्रमाण पौडेल ।छाउनी अस्पताल काठमान्डौ रीफर ।(छोरा)
    २९) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल। :- छाउनी अस्पताल काठमान्डौ रिफर ।(छोरी )
    ३०) ऐ.ऐ. ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी । मणिपाल रीफर ।
    ३१) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।:- बागलुङ अस्पतालमा उपचार भई रहेको। ( सह चालक)
    ३२) जिल्ला म्याग्दी बेनी न.पा. ८ संगमचोक बस्ने दिपेन्द्र बि.क.;- छाउनि अस्पताल रिफर ।

    काठमाण्डौको छाउनी अस्पतालमा उपचाररत ७ जनाको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । त्यस्तै २२ जना मणिपाल अस्पताल पोखरामा उपचार भई रहेको  छ भने काठमाण्डौको ग्रान्डि अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology