कांग्रेस सभापति गर्बुजा सहित १५ जुवाडे जुवाको खालबाट पक्राउ

  • साझा डबली
  • बिहिबार, माघ ३, २०७५
  • काठमाडाैँ, माघ ३ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा गोंगबुको जुवाको खालबाट समातिएका छन । राजधानीको गोंगबुस्थित गणेशस्थानबाट गर्बुजासँगै १५ जुवाडे पक्राउ परेका छन् । गणेशस्थानस्थित एक व्यक्तिको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गर्बुजा लगायतलाइ पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी प्रभाग नयाँ बसर्पाकका इन्सपेक्टर मोहन विक्रम केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रहरीले जुवाडेको साथबाट ५ लाख ३५ हजार ८ सय ४० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा रोशन गुरुङ, रमेश परियार, निर्मल सिलवाल, पुष्प गुरुङ, बुद्धि तमाङ, श्याम श्रेष्ठ, खमबहादुर गरबुर्जा, कुमार मल्ल, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिर दिन मियाँ र गणेश घले रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology