दाह्री पाल्नु स्वास्थ्यको लागी निकै लाभदायक,यस्तो छ अनुसन्धानले पत्ता लगाएको तथ्य

  • साझा डबली
  • बुधबार, माघ २, २०७५
  • एक अध्ययनले दाह्री पाल्नु स्वास्थ्यको लागी निकै लाभदायक हुने देखाएको छ । दाह्री पाल्नुका फाइदाहरुबार क्विन्सल्याण्ड विश्वविद्यालयमा हालै एक अनुसन्धान गरिएके थियो ।

    उक्त अध्ययनअनुसार दाह्रीवाला मानिसहरु परावैजनी विकिरण वा अल्ट्रा भाइलेट रेबाट सुरक्षित हुने देखाएको थियो । दाह्रीका कारण छालाको क्यान्सर हुने सम्भावना कम हुने सम्भावना कम हुने अनुसन्धानकर्ताबाट पुष्टि भएको छ ।

    दाह्रीले परावैजनी विकिरणबाट मानिसलाई सुरक्षित राख्ने अनुसन्धानकर्ताले बताएका छन् । यसले गर्दा छालाको क्यान्सरबाट बच्न सक्ने भनाई छ । साथै बुढो हुने प्रक्रिया पनि सुस्त पार्ने बताएका छन् ।

    त्यस्तै बाक्लो कपाल र रौं हुने मानिसलाई विकिरणको खतरा कम हुने अनुसन्धानमा बताइएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology