रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पत्रकार पक्राउ

  • साझा डबली
  • मङ्लबार, माघ १, २०७५
  • काठमाडौँ ,माघ १। विवेकशील–साझा पार्टीबाट छुट्टिएर उज्वल थापा नेतृत्वको समुहमा आएकी नेतृ रञ्जु दर्शानालाई जोडेर भ्रमपूर्ण समाचार लेख्ने एक पत्रकार प्रहरीको फन्दामा परेका छन्।

    तीन दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शनाबारे विवादास्पद समाचार प्रकाशित गर्ने सिन्धुपाल्चोक मेलम्ची–३ का २४ वर्षीय पत्रकार श्याम रोका प्रहरीको फन्दामा परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि तथा नेपाल टक डटकमकका सञ्चालक समेत रहेका रोकालाई पक्राउ गरेको हो ।

    काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताए ।

    रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology