मधेशी जनता पार्टीले ग¥यो अध्यक्ष कलवारलाई कारवाही

  • साझा डबली
  • बुधबार, पुस १८, २०७५
  • काठमाण्डौ, पुस १८ ।
    मधेशी जनता पार्टीका अध्यक्ष महेश कलवार कारबाहीमा परेका छन । नयाँ शक्ति नेपाल पार्टीको संघिय सदस्यमा मनोनित भएपछि मधेशी जनता पार्टीले आज एक बिज्ञप्ती निकाली साधारण सदस्यता नरहने गरी कारवाहीको प्रक्रिया अगाडी बढाएको हो । आम मधेशीको मर्म बिपरीत कार्य गरेको र पार्टीमा जानकारी नगराई स्वविचार नयाँ शक्तिमा प्रवेश भन्दै कारवाही गरिएको कार्यवाहक अध्यक्ष सुनिल प्रसाद गुप्ताले निकालेको बिज्ञप्तीमा जनाइएको छ ।

    पार्टीले कारवाही प्रक्रिया अघि बढाएपछि कलवारले सामाजिक संजालमा पार्टीले कारवाही गरेकोमा धन्यबाद भन्दै यस बिषयमा छिट्टै जवाफ दिने बताएका छन । कलवार केहि महिना अघि नयाँशक्ती पार्टी नेपालमा प्रवेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology