उपत्यका सरसफाई अभियान चलाउँदै पर्यटन पत्रकार महासंघ

  • साझा डबली
  • शनिबार, पुस १४, २०७५
  • काठमाडौं, पौष १४ । आफ्नो ५ औ स्थापना दिवसको अवसरमा शनिबार पर्यटन पत्रकार महासंघ उपत्यका समन्वय समितिले जि.पि. पौडेलको नेतृत्वमा काठमाडौँमा सरसफाई अभियान सुरु गरेको छ । शनिबार रत्नपार्क स्थित शान्तिबाटिकाबाट सरसफाई सुरु गरेर अभियानको थालनी गरिएको हो । समितिको संयोजक पौडेलले सरसफाईको अभियान आफैबाट सुरुवात गर्नुपर्ने भन्दै आगामी दिनमा पनि महानगरसँग मिलेर उपत्यका सरसफाई गर्ने बताउनुभयो ।

    सरसफाईको क्रममा रत्नपार्कको गाडी स्टप, शान्तिबाटिका क्षेत्र वरपर सरसफाई गरिएको थियो । हरेक हप्ताको शनिबार उपत्यका सरसफाई गर्ने भन्दै अभियानको थालनी गरिएको छ ।

    सरसफाई अभियानमा महासंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा, ३ नम्बर प्रदेश संयोजक दिपक पराजुली, भक्तपूर अध्यक्ष सतेन्द्र चौलागाई ,ललितपुर अध्यक्ष प्रकाश रानाभाट लगायत पत्रकारहरुको सहभागिता थियो । उपत्यकाका तीनवटै जिल्लामा क्रमशः सरसफाई गरिने उपत्यका समन्वय समिति संयोजक पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology